सुर्खेत । सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ऐश्वर्य महिला सामुदायिक वनमा डिभिजन वन कार्यालय सुर्खेत, उपभोक्ता महासंघ र ग्रिन फाउण्डेशन नेपालको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।

वढ्दो जलवायु परिवर्तनका कारण सामुदायिक वनको जगेर्ना गर्न दिवसको अवसरमा सामुदायिक वनको प्रभावकारीत, तीनै तहका सरकार र समूहको सहभागीता भन्ने नाराका साथ वृक्षारोपण गरिएको छ ।


वीरेन्द्रनगर–११ मा रहेको ऐश्वर्य सामुदायिक वनमा झण्डै दुई सय बढीका विभिन्न प्रजातिका विरुवाहरु वृक्षारोपण गरिको सामुदायिक वन महासंघ कर्णालीका कोषाध्यक्ष बर्णकुमारी शाहीले जानकारी दिइन् । उनकाअनुसार डिभिजन वन कार्यालयको अगुवाईमा शुक्रबार विरुवाहरु रोपण गरिएको छ ।
शुक्रबार नै दिवसको अवसरमा अन्तर सम्बाद र मानव बन्यजन्तु द्वन्द्व न्यूनिकरण सम्बन्धी कार्यक्रमको समेत आयोजना गरिएको छ । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव शेरबहादुर श्रेष्ठ, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख बशन्तबाबु श्रेष्ठ, सामुदायिक वन महासंघ सुर्खेतका अध्यक्ष चन्द्रप्रसाद थानी लगायतको सहभागी थियो ।

नेपाल कर्म । २५ श्रावण २०८१, शुक्रबार २०:५६