सुर्खेतका ६ ओटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखियाे

सुर्खेत । सार्वजनिक खरिद अनुगमन कार्यालयले सुर्खेतका आधा दर्जन बढी ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । सुर्खेत कार्य क्षेत्र बनाएर निर्माणको क्षेत्रमा काम गर्दै आएका कम्पनीहरुलाई बढीमा दुई वर्षसम्मका लागि कार्यालयले कालो सूचीमा राखेको हो ।



कालोसूचीमा राखिएका कम्पनीहरुमा बराह निर्माण सेवा, थेगिम/मजदुर/नाञ्जिला एण्ड आका जेभी, मजदुर कन्स्ट्रक्सन, नाञ्जिला एण्ड आकाश कन्स्ट्रक्सन एण्ड सप्लायर्स, दीपमाला निर्माण सेवा र बी.जी. कन्स्ट्रक्सनलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन सुर्खेतले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखेको छ ।

काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन् । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

तपाईको प्रतिक्रिया