कर्णालीकाे याेजना आयाेगमा कृषि विज्ञ याेगी नियुक्त

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा कृषि विज्ञ सूर्यनाथ योगी नियुक्त भएका छन् ।



बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतका योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

शाहका अनुसार आयोगको सदस्यहरूमा मुगुको छायाँनाथ रारा नगरपालिका–५ का डम्मरबहादुर रावल र रास्कोट नगरपालिका–३ कालीकोटका अशोकनाथ योगी नियुक्त भएका छन् ।

उपाध्यक्षमा नियुक्त भएका योगी र सदस्य डम्मर रावल नेकपा एमाले निकट हुन् भने अर्का सदस्य अशोकनाथ योगी नेपाली कांग्रेस निकट हुन् ।

तपाईको प्रतिक्रिया