सुर्खेत । घाँस काट्न घरमा निस्किएकी एक युवति १८ दिनदेखि वेपत्ता भएकी छन् । सुर्खेत पश्चिमको पञ्चपुरी नगरपालिका–३ लगमकी पवित्रा कुमाल साउन ६ गतेबाट वेपत्ता भएकी हुन् । २० वर्षीय पवित्रा घरका सदस्यलाई घाँस काट्न जान्छु भनेको तर घर नफर्किएको श्रीमान गोपाल कुमालले जानकारी दिए ।

उनकाअनुसार हराएदेखि नै खोजी कार्य जारी राखेपनि हालसम्म उनी कतै भेटिएकी छैनन् । आफन्तहरुले पवित्राको खोजीका लागि प्रहरी सालकोट पलैटेमा निवदेन दिएका छन् ।


आफन्तले प्रहरीमा दिएको निवेदनमा साउन ६ गते विहान ११ बजे घाँस काट्न जान्छु भनेको र घर नफर्कीएको उल्लेख गरेका छन् । प्रहरी र आफन्तहरुले उनको अवस्थाबारे खोजी जारी राखेपनि पवित्राको अवस्थाबारे पत्ता लाग्न नसकेको परिवारले जनाएको छ । आफन्तहरुले पवित्रालाई कतै देख्नु वा भेट्नु हुनेले नजिकैको प्रहरी वा आफन्तको नम्बर ९८६३५८४८६३ मा सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन् ।

नेपाल कर्म । २२ श्रावण २०८१, मंगलवार १९:३७