कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासकाे मत लिँदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई आज विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिनेसम्बन्धी पत्र मुख्यमन्त्री कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए । संघमा सत्ता समीकरण बदलिएसँगै माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन्।



४० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री कँडेललाई कम्तिमा २१ सांसदको समर्थन आवश्यक रहन्छ। कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक/एक सांसद छन्।

एमाले र कांग्रेसको जोड्दा २४ सांसद पुग्ने भएकाले कँडेलले विश्वासको मत पाउने निश्चित देखिएको छ। संघीय सत्ता समीकरण फेरबदल भएपनि कर्णालीमा एमालेका कँडेल मुख्यमन्त्री कायम छन्। उनी चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

तपाईको प्रतिक्रिया