१५३ दिनपछि कर्णालीमा काँग्रेस सरकारमा फर्कियाे

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुनःगठन गठन गरेका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् ।



राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूले आइतबारै पदभार ग्रहण गर्ने छन् ।

गत फागुनमा काँग्रेस-नेकपा माओवादी केन्द्रकाे गठबन्धन भत्किदा काँग्रेस सत्ता बाहिर पुगेकाे थियाे । समिकरण फेरिएको १५३ दिनपछि पुन: काँग्रेस प्रदेश सरकारमा फर्किएकाे छ ।

कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले प्रदेशसभामा विश्वासको मत पाउने पक्का भएको छ । मुख्यमन्त्री कँडेलले सोमबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

तपाईको प्रतिक्रिया