सुर्खेत । कर्णाली सरकारमा सहभागी काँग्रेसका चार मन्त्रीको सपथ आईतबार दिउँसो खुवाउन लागिएको छ । मुख्यमन्त्री यामलाल कँडेलले चार जना मन्त्रीकाे सपथका लागि प्रदेश प्रमुखको कार्यालयमा फिसारिस गरेकाले आज सपथ खुवाउन लागिएको हाे ।
कार्यालयले दिउँसो २ बजे पद तथा गाेपनियताकाे सपथ खुवाउने कार्यतालिका तय गरेकाे छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जाेशीले सपथ खुवाउने छन् ।

सत्ता साझेदार दल नेपाली काँग्रेसले शुक्रबार सरकारमा सहभागी हुनेचार जन मन्त्रीको नाम पठाएको थियाे । सरकारमा सहभागी हुनेमा आर्थिक मामिला तथा याेजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन् । नवनियुक्त मन्त्रीहरूले आजै सपथ पछि पदभार ग्रहण गर्ने छन् ।


नेपाल कर्म । २० श्रावण २०८१, आईतवार १२:१२