कर्णालीका चार मन्त्रीको सपथ आज

सुर्खेत । नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा शुक्रबार नेपाली काँग्रेसले चार जनालाई मन्त्रीमा सिफारिस गरेतापनि उनिहरुले शपथ खान भने पाएनन् । विहान ११ बजे नै काँग्रेसका प्रमूख सचेतक हिक्मत विष्टले सरकार सहभागी मन्त्रीहरुको नामसहितको पत्र मुख्यमन्त्री यामलाल कँडेलले बुझाएका थिए । तर मन्त्रीहरुको सपथ रोकिएपछि मन्त्रालयका विषयमा विमती रहेका अड्कलबाजी गरिएपनि त्यसमा सत्यता नभएको र आइतबार मन्त्रीहरुको सपथ हुने सरकार र काँग्रेसको बोलीमा एकमत छ ।




पुनर्गठन गर्न लागिएको प्रदेश सरकारमा काँग्रेसले सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा उर्जा मन्त्रालयमा विजया बुढालाई मन्त्री नियुक्त गर्न मुख्यमन्त्री कंडेललाई सिफारिस गरेको हो ।

गठबन्धनको सरकार बनाउनुको विकल्प नभएको कर्णालीमा मुख्यमन्त्री कंडेलले भने चार जना मन्त्रीलाई शुक्रबार शपथ ग्रहण गराउनै नचाहेको चर्चा भइरहेको छ । दिनभर काँग्रेसबाट सिफारिस भएका मन्त्रीहरु दौरा सुरुवाल र कोटमा सजिएर कतिबेला प्रदेश प्रमूखको कार्यालय वा मुख्यमन्त्री कार्यालयबाट कतिबेला खबर आउँछ भनेर दिनभरि नै कुरेका थिए ।

अन्तत मन्त्रीमा सिफारिस भएका चारै जना शपथ ग्रहण नभएपछि आफ्नै कोठामा फिर्ता भए । मुख्यमन्त्री कँडेलले अर्थ मन्त्रालय आफैसँग राख्ने र सामाजिक विकास मन्त्रालयमा रहेको खेलकुदलाई कानून मन्त्रालयमा राख्न चाहेकाले सपथ राकिएको चर्चा छ ।

यद्यपी मन्त्रालयगत विवादको विषयमा बोल्न नचाहेको काँग्रेसले तयारी नपुगेकोले सपथ शुक्रबार हुन नसकेको र (आज) आइतबार सपथ गर्न गर्न लागिएको काँग्रेस संसदीय दलका नेता हिक्मतबहादुर विष्टले जानकारी दिए । उनकाअनुसार शुक्रबार आन्तिरिक तयारी नपुगेका कारण सपथ रोकिएको हो ।

चार जना मन्त्रीसहित सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले गठबन्धन परिवर्तन भएपछि साउन ७ गते सरकार छाडेको थियो । सत्ता साझेदार बनेको काँग्रेसले समयमै मन्त्रीको टुंगो नलाएको भन्दै आलोचना भइरहेको बेला शुक्रबार सरकारमा सहभागी मन्त्रीको नाम र जिम्मेवारी सम्हाल्ने मन्त्रालयसहित लेखेर मुख्यमन्त्री कँडेललाई बुझाएको हो ।

संसदीय दल नेताविहिन कर्णाली संसदीय दल काँग्रेसले ढिलागरी मन्त्री पठाउदा पनि सपथ रोकिएपछि विभिन्न विषयमा विवाद रहेको चर्चा कर्णालीमा छ । तर सरकारले पनि केही प्राविधिक समस्याका कारण सपथ शुक्रबार रोकिएपनि आज सपथ हुन लागेको सरकार प्रवक्ता विनोदकुमार शाहले बताए । ‘मिडियामा आए जस्तो मन्त्रालयमा कुनै विवाद छैन,’ शाहले भने, ‘आइतबार सत्ता साझेदार दल काँग्रेसबाट सहभागी मन्त्रीहरुको सपथ आज गर्न लागिएको हो ।’

केन्द्रीय सहमतिअनुसार कर्णालीको नेतृत्व एमालेले नै गर्नेछ । काँग्रेस सिफारिस भएका मन्त्रीहरुको सपथ आइतबार खुवाएर सरकार पुनर्गठन गर्ने र सोमबार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रवक्ता शाह बताउँछन् । मुख्यमन्त्री कँडेलले विश्वासको मत सम्बन्धीको प्रस्ताव प्रदेश सभामा सचिवालयमा दर्ता गरिसकेका छन् ।

कर्णालीमा एमालेका सभामुखसहित १० र काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही वाइडवडी भ्रष्टाचार काण्डका कारण हाल निलम्बनमा रहेकाले संसदमा १४ जना सांसद छन् । ४० सदस्यीय प्रदेश सभामा स्पष्ट बहूमत एमाले–काँग्रेसको छ । प्रतिपक्षि बेञ्चमा माओवादीका १३, समाजवादी र राप्रपाका एक÷एक जना सांसद छन् ।

तपाईको प्रतिक्रिया