बदलियाे ‘छोरीको बैंक खाता’ कार्यक्रम, जीवन बीमामा १५ करोड बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकाले ‘बैंक खाता, छोरीको जीवनभरि’ सुरक्षा कार्यक्रम परिमार्जन गरेको छ।



शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आगामी वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै बैंक खाता, छोरीको जीवनभरि’ सुरक्षा कार्यक्रमलाई परिमार्जन गरी छोरीहरुको जीवन बीमा गर्ने व्यवस्था मिलाइने बताए।

यस कार्यक्रमका लागि १५ करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी उनले दिए। बालिकाहरूको स्नातक तहसम्म अध्ययन सुनिश्चित गर्न उक्त कार्यक्रम ल्याइएको हो।

तपाईको प्रतिक्रिया