सुर्खेत । कर्णाली प्रदेशका भुमि व्यावस्था, कृषि तथा सहकारमन्त्री विनोदकुमार शाहले सहकारी किसानहरुका लागि एक सबल खम्बा रहेको बताएका छन्।
शनिबार वीरेन्द्रनगरमा भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ओँ स्थापना दिवसको अवसरमा सहकारीको वर्तमान अवस्था र भावी योजना कार्यदिशा विषय प्रदेशस्तरीय गोष्ठी एवं सम्मान कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन्।
मन्त्री शाहले सहकारी किसानका लागि सबल खम्बा रहेको र आजभोली सहकारीहरुबीच बजारमा प्रतिस्पार्धा हुने गरेका छन् त्यसैले आम नागरिकका लागि सुहाउँदो काम सहकारीले गर्न जरुरी रहेको बताए। कृषिमन्त्री शाहले भने, ‘कृषिमा विकास हुन जरुरी छ। जसका कारण सहकारी बैंकको स्थापना भएको छ। सहकारीहरुको स्थापना पछिल्लो समयम बढ्दै गएकाले सहकारी क्षेत्रमा काम गरिरहेका मान्छेहरुमाथि प्रश्न उठ्ने गरेका छन्। त्यसैले कुनै पनि प्रश्न उठन् नदिने गरि काम गर्नुहोस्। सबैले सहकारीको महत्व बुझेका छैनन्।’

साथै मन्त्री शाहले केही संस्थाहरु विगतदेखि राम्रो काम गदै आएका पनि आज प्रस्तुतिकरणले देखाएको र अझै सहकारीहरुले इमान्दारीताका साथ काम गरेकोे खण्डमा सोचे अनुसार प्रतिफल आउने बताए।
यस्तै, सरकारले कृषि पाठशाला, कृषि क्षेत्रमा रहेका किसानहरु लगि तालिम लगायतका योजना मन्त्रालयले अगाडी सारेको र कर्णालीमा परिर्वतन कृषि क्षेत्रले मात्रै गर्नेसक्ने मन्त्री शाहले बताए।


यस्तै, राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफुसँग कर्णाली प्रदेशबाट कारोबार गर्ने सदस्य सहकारी संस्था मध्येबाट ७ वटा सहकारी संस्था लिमिटेडलाई राष्ट्रिय, प्रदेश र जिल्लास्तर गरि विभिन्न ३ वटा विद्यामा सम्मान गरेको छ।
राष्ट्रिय स्तर विद्याबाट समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्खेत सम्मानित भएको छ।
यस्तै, प्रदेश स्तरबाट साना किसान कृषि सहकारी संस्था लिमिटेड र गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएका छन्।
यस्तै, बैंकले सुर्खेत शाखा स्तरबाट त्रिपुरेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र राष्ट्र सेवक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड र दैलख जिल्ला शाखा स्तरबाट सहयोगी हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कृतिदेवल बहुमुखी कृषि सहकारी संस्था लिमिटेडलाई पनि सम्मान गरेको छ। सम्मानित सबै सहकारी संस्थाहरुलाई प्रमाणपत्र दिएइको छ।
उक्त गोष्ठीमा गंगामाला स्वावलम्बन विकास सहकारी, समाज कल्याण सहकारी लगायतका सहकारीले आफ्नो संस्थाको प्रगति विवरणको बारेमा प्रस्तुतिकरण राखेका थिए।

नेपाल कर्म । १९ श्रावण २०८१, शनिबार १५:११