सुर्खेत । केन्द्रीय सत्ता समिकरण फेरिएसँगै कर्णाली सरकारमा काँग्रेसको कमब्याक भएको छ । काँग्रेस–एमाले गठबन्धन बनेपछि कर्णाली सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि काँग्रेसले मन्त्रीहरुले सम्हाल्ने मन्त्रालयको नामसहित पठाएको हो ।
कर्णालीमा एमालेले नै नेतृत्व गर्ने केन्द्रीय सहमतिअनुसार पुनर्गठन सरकारमा सहभागी हुने मन्त्रीहरुकाे नाम काँग्रेसले टुंग्याएकाे छ ।



नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर आइसकेकाले आजै मन्त्रीहरुको सपथको तयारी गरिएको छ । काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढालाई पठाइएको नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नेपालकर्मलाई जानकारी दिए ।
उनकाअनुसार मन्त्रीहरुको नाम र मन्त्रालयको जिम्मेवारीसहितको पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइ सकिएको छ । काँग्रेसबाट मन्त्री भएका चार जनामध्य शाह, भण्डारी र बुढा संस्थापन पक्षका हुन भने अधिकारी संस्थापन इतर पक्षका हुन् । ८ सदस्यीय कर्णाली मन्त्री परिषदुमा मुख्यमन्त्रीसहित एमालेले तीन मन्त्रालय सम्हालिरहेको छ ।

नेपाल कर्म । १८ श्रावण २०८१, शुक्रबार ११:३१