यज्ञकुमार गिरीको तीज गीत करिमै रहिछ जन्जाल सार्वजनिक

सुर्खेत । गीतकार एवम संगितकार यज्ञकुमार गिरीको तीज गीत करिमै रहिछ जन्जाल सार्वजनिक गरिएकाे छ । कर्मैले घुमायो, मन मुटु खाने भो बोलको गीतको अपार सफलता पछि यो वर्ष पनि हिन्दु नारीको महान चाड तिजको अबसरमा गाउँ परिवेशमा नारीले भोग्नु परेका कथा व्यथालाई गीतमा समावेश गरिएकाे हाे ।



गीतमा गायिका टिका पनुको स्वर रहेको छ । स्थानिय स्रोत साधनको प्रयोग गरि निर्माण गरिएको भिडियोको निर्देशन प्रेम बहादुर थापा (यामु मगर) ले गरेका छन । भिडियोमा बविता बाँकावल मगर र पार्वती के.सी. को अभिनय रहेको छ । भिडियोको छायांकन भरत कुमालले गरेका छन भने सम्पादन निर्मल प्याकुरेलले गरेका हुन ।

गीतका सर्जक गिरी आधुनिक गीतमा लामो समयसम्म काम गर्दै आएका छन् । उनले संगित गरेका थुप्रै गीतले अवार्ड समेत पाएका छन । लोक कला संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै सर्जक गिरीले निरन्तर तिज गीतका साथै झ्याउरे गीतसमेत शृजना गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया