सुर्खेत । कर्णाली प्रदेश सरकारले हिमालाी जिल्लाका बालबालिका तथा विद्यार्थीहरुको शिक्षाका लागि सुर्खेतमा आवासीय विद्यालय बनाएर पढाउने भएको छ। शुक्रबार अर्थमन्त्री बेदराज सिंहले बजेट भाषण गर्दै हिमाली जिल्लाका विद्यार्थीलाई सुर्खेतमा आवासीय विद्यालय बनाउने बताएका हुन्।
हिमाली जिल्लामा चिासो कारण ६ महिना विद्यालय सञ्चालन हुने र ६ महिना विद्यालय बन्द हुने स्थानका विद्यार्थीहरुलाई सुर्खेतमा आवासीय विद्यालय बनाएर शिक्षा प्रदान गरिने छ।

यस्तै, सरकारले ‘एक जिल्ला एक नमुना विद्यालय’ को लागि १४ करोड बजेट विनियोजन गरेको छ।


नेपाल कर्म । १ असार २०८०, शुक्रबार १५:५७