मौसमका कारण सुर्खेत विमानस्थल बन्द, वुद्ध एयरको उडान रोकियो

सुर्खेत । मौसमका कारण सुर्खेत विमानस्थल बन्द गरिएको छ । लगातार वर्षा भएपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको वुद्ध एयरको उडान प्रभावित बनेको हो । मंगलबार विहान ११ बजेर ६ मिनेटमा अवतरण गरेको वुद्ध एयरको जहाज अहिले सुर्खेत विमानस्थलमा रोकिएको विमानस्थल स्रोतले जनाएको छ ।



अहिले सुर्खेतमा एक घण्टादेखि वर्षात भइरहेकाे छ । यु १३४ नम्बरको उडान भरेर सुर्खेत आएको जहाज मौसम खुलेपछि पुनः काठमाडौंका लागि उडान भर्ने विमानस्थलले जानकारी दिएको छ । मौसमकै कारण श्री एयर र वुद्ध एयरको विहानको समयतालिका सरेको थियो । ९ बजेर ३० मिनेटमा काठमाडौंबाट उडेको श्री एयर सुर्खेतबाट १० बजेर ४५ मिनेटमा उडेको थियो ।

तपाईको प्रतिक्रिया