ली–बर्डको प्रदेश स्तरीय वार्षिक समीक्षा, कर्णालीमा प्रभावकारी बन्दै परियोजना

सुर्खेत । ली–बर्डले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक समीक्षा गोष्ठी गरेको छ। वार्षिक समीक्षा गोष्ठीले यस संस्थाद्वारा संचालित परियोजनाहरु कर्णालीमा प्रभावकारी बन्दै गएको देखाएको छ। भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा मंगलबार समीक्षा गोष्ठीका साथै २ नया परियोजनाहरुको आरम्भ पनि गरिएको थियो।



जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहाल (ली-बर्ड)पोखराले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलय, कर्णाली प्रदेशको अर्गानिक मिसनमा योगदान पुर्याउन रणनैतिक साझेदारको रुपमा पाँच बर्षे (२०८०-२०८५)समजदारी कायम गरि कर्णालीमा गतिविधि संचलन गरिरहेको छ।

ली–बर्ड कर्णाली प्रदेश संयोजक बुद्ध वि.कले समजदारी पत्र अनुरुप आर्थिक वर्ष २०८०/८१ को प्रगति विवरण प्रस्तुत गरेका थिए। उक्त प्रस्तुतिमा कृषि जैविक विविधता संरक्षण, रैथाने बालि प्रबर्द्धन, कार्यगत अनुसन्धान, महिला मैत्री कृषि प्रविधि तथा अभ्यासहरु, पर्यावरणीय कृषि, शैक्षीक सामग्री, कर्णाली परागसेचन रणनीति जस्ता क्षेत्रमा भएका क्रियाकलापहरुको प्रगतिहरु प्रस्तुतिमा उल्लेख गरिएका थिए।

साथै परियोजना प्रमुख विकले आगामी आर्थिक वर्षमा साझेदारीमा सञ्चालन गर्ने सकिने क्रियाकलापहरुको सुचीहरुको समेत प्रस्तुतिकरण गरेका थिए।

उक्त गोष्ठीमा बोल्दै भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कर्णाली प्रदेशमा अर्गानिक कृषि उत्पादनमा ली–बर्डले थप सहयोग गरेको बताए। मन्त्री शाहले भने, ‘ली–बर्डले कर्णालीमा प्रभावकारी काम गर्दै आएको छ। आगामी दिनमा पनि प्रतिफल आउने गरि काम गर्नुपर्ने देखिन्छ। हाम्रो प्रदेशमा कृषि तथा पशुपन्छीर्फ हालसम्म उल्लेखनीय काम हुन सकेको छैनन्। यसमा ली–बर्डले थप सहयोग गर्नेछ।’

मन्त्री शाहले कर्णाली प्रदेश कृषि तथा पशुपन्छीका क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यसको विकास गर्नु उचित योजना सहित सम्पूर्ण सरोकारवालासंगको हातेमालो अनिर्वाय रहेको बताए| मन्त्री शाहले खुल्ला सिमानाका कारण निर्वाद रुपमा भित्रिने रसयिनिक बिषादीयुक्त तरकारीको नियमन गर्नु पर्नेमा जोड दिदै आन्तरिक उत्पादन वृद्धि गर्नपर्नेमा जोड दिए।

यस्तै, मन्त्रालयका सचिव टिकाराम थापाले कृषि बालिका कार्यक्रमम सञ्चालन गर्नुपूर्व सम्बन्धित क्षेत्रको माटो सुधार रिपोर्टका धारमा कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए।

सचिव थापाले कर्णाली किसानको सम्पदा मूल्यवान लोगोको पनि महत्व बचाएर राख्नका लागि कृषि क्षेत्रमा रहेर काम गर्ने सम्पूर्णलाई आग्रह गरे। साथै उनले विकास साझेदार संस्था, प्रदेश र स्थानीय सरकार मिलेर किसानको उन्नति प्रगतिका लागि लाग्नुपर्ने बताए।

यस्तै, गोष्ठीमा मन्त्री शाह, सचिव थापा, मन्त्रालय मातहतका कार्यालय, सरकारी तथा गैर सरकारी संस्थाको उपस्थिति रहेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले समजदारीको उदेश्य, ली-बर्डको प्राबिधिक सहयोगमा बन्दै गरेको कर्णाली परागसेचक रणनीतिको बारेमा जानकारी गराएक थिए ।

यस्तै, गोष्ठीमा संस्थाका कार्यक्रम सञ्चालन निर्देशक लक्ष्मण खत्री र कार्यक्रम विकास निर्देशक डा. सन्तोष श्रेष्ठबाट क्रमश ली–बर्ड संस्थाको संचिप्त परिचयसंगै ICIMOD संगको साझेदारीमा संचालन हुने HI-REAP परियोजना- कार्यक्षेत्र-हुम्ला र कल्टीभेटिङ चेन्ज इन र्वम क्लाईमेट, (कार्यक्षेत्र- दैलेख) परियोजनाका बारेमा छोटो प्रस्तुति रहेको थियो।

 

तपाईको प्रतिक्रिया