सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ज्ञान सिन्धु सुर्खेत कलेजले उत्कृष्ट शैक्षिक संस्था सम्मान पाएको छ । चन्द्रलोक प्रतिष्ठान काठमाडौंले एक कार्यक्रमका विच मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्याम्पसका सञ्चालक छत्र बडुवाललाई सम्मान पत्र दिएको हो ।

वीरेन्द्रनगर–३ तातापानीमा रहेको क्याम्पसले नेपालको गुणस्तरीय शिक्षामा कर्णालीकै उत्कृष्ट शैक्षिक संस्था बनेको भन्दै प्रतिष्ठानले सम्मान गरेको सञ्चालक बडुवालले जानकारी दिए । २०७० सालमा स्थापना भएको क्याम्पसले प्रविधिमैत्री प्रतिस्पर्धी र क्षमतावान जनशज्ञक्ति उत्पादन गर्दै आएको छ ।

साथै भौतिक पूर्वाधार प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित गरेको छ । प्रतिष्ठानले आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादन गर्नेमा विश्वास लिएको छ ।

दक्ष जनशक्ति उत्पादनमा निकै संघर्ष गरिरहेकाले उत्कृष्ट शैक्षिक संस्थाको सम्मानले थप हौसला प्रदान गरेको सञ्चालक बडुवालको प्रतिक्रिया छ । उनले पछिल्लो पटक शैक्षिक नतिजा अपेक्षाकृत सुधार नहुँदा समग्र शैक्षिक धरोहरले आलोचना खेपिरहेकाले आगामी दिनमा ज्ञान सिन्धु सुर्खेत कलेजले जनशक्ति उत्पादनमा अझै परिस्कृत गर्दै जाने बताए ।
कलेजले विज्ञान, व्यवस्थापन, कानून र शिक्षा संकायमा अध्यापन गराउँदै आएको छ ।

नेपाल कर्म । १५ श्रावण २०८१, मंगलवार १८:०७