सस्तो मूल्यमा अब दैलेखमा पनि वाइफाई नेपाल

सुर्खेत । नेपालकै सबैभन्दा सस्तो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वाइ फाई नेपालले दैलेखमा पनि सेवा विस्तार गरेको छ । सेवा विस्तार गरेसँगै अब दैलेखमा पनि २४ महिने अफर अन्तर्गत अब प्रतिमहिना करिब २ सय ७० रुपैयाँमा वाइ९फाइ नेपालको इन्टरनेट जडान गर्न सकिने भएको हो ।



वाइफाइ नेपालले सबैभन्दा सस्तो २४ महिने इन्टरनेट प्याकेजमा ५० एमबिपिएसको इन्टरनेट जडान गर्दा ८ हजार ४ सय ७५ र ८० एमबिपिएसको इन्टरनेट जडान गर्दा ११ हजार ८ सय ६५ रुपैयाँ सुल्क लाग्नेछ ।

इन्टरनेट नविकरण गर्दा ५० एमबिपिएस लाई ७ हजार ३ सय ४५ र ८० एमबिपिएसलाई १० हजार ७ सय ३५ रुपैयाँ शुल्क लाग्ने वाइफाइ नेपाल सुर्खेत युनिट इन्चार्ज कैलाश जंग शाहीले जानकारी दिए ।

वाइफाइ नेपालले सार्वजनिक गरेको यो नयाँ प्याकेजमा अब ग्राहकहरुले करिब २ सय ७० रुपैयाँ प्रतिमहिना इन्टरनेट सेवा पाउँने भएका हुन । तर यो प्याकेज अनुसार ग्राहकले २४ महिनाको लागि नै इन्टरनेट सेवा जोड्नुपर्ने हुन्छ ।

घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै सस्तोमा इन्टरनेट सेवा वाइ फाई नेपालले विस्तार गरिरहेकाे हाे । निम्न र मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै याे सेवा दैलेखसमेत पुर्याइएकाे शाहीले बताए ।

‘छिटो तथा भरपर्दो इन्टरनेट पहुँचको आवश्यकता र महत्व अहिले धेरैनै छ । निम्न र मध्यम वर्गीय परिवारको इन्टरनेट चलाउने आवश्यकतालाई परिपूर्ति गर्ने तवरले वाईफाई नेपाल दैलेखमा विस्तार गरिरहेका छाै‌ं र विस्तारै ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना हाम्रो छ’, उनले भने ।

तपाईको प्रतिक्रिया