सुर्खेत । कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाइ सरकारले हटाएकाे छ । उनकाे ठाउँमा यज्ञराज जाेशीलाइ सरकारले नियुक्त गरेकाे हाे । नेकपा माओवादी केन्द्रको कोटाबाट नियुक्त भएका परियारले आफ्नो सचिवालयमा परिवारकै सदस्य राखेपछि चौतर्फी आलोचना भएको थियो ।

०७८ कार्तिकमा कर्णालीको प्रदेश प्रमुख नियुक्त भएका परियारले आफ्नो सचिवालयमा तीन छोरा, एक बुहारी, तीन नाति, एक भतिज र एक भान्जालाई नियुक्ति दिएका थिए ।

पार्टीमा याेगदान दिएकाहरुलाइ सचिवालयमा नराखेर परिवारवाद हावी गराएकाे भन्दै परियार आलाेचित बनेका हुन् । नयाँ समिकरणअनुसार सरकार फेरिएसँगै अन्तत परियारले हटाएकाे हाे ।

मन्त्रिपरिषद् बैठकले वाग्मतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकारले तयारी गरेको हाे ।
सरकारको निर्णयसँगै बागमतीको प्रदेश प्रमुख रहेका यादवचन्द्र शर्मा अब आफ्नो जिम्मेवारीबाट हट्ने भएका छन् । उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । लुम्बिनी प्रदेशमा अमिक शेरचन प्रदेश प्रमुख थिए । उनी पनि अब हट्ने भएका छन् ।

नेपाल कर्म । १५ श्रावण २०८१, मंगलवार ०७:२०