कृषि मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी वीरेन्द्रनगरमा जारी

सुर्खेत । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा चौथो त्रैमासिक तथा बार्षिक प्रगती समीक्षा गोष्ठी वीरेन्द्रनगरमा सुरु भएको छ। मन्त्रालयका सचिव टिकाराम थापाको अध्यक्षता र मन्त्री विनोदकुमार शाहको प्रमुख आतिथ्यतामा  सुरु भएको हो।



३ दिनसम्म चल्ने उक्त गोष्ठीमा मन्त्रालय मातहतका २६ वटै कार्यालय प्रमुखहरुको सहभागीता रहेको छ।

पहिलाे दिन कृषि विकास कार्यालय हुम्ला, मुगु, डोल्पा, कालीकोट, रुकुमपश्चिम, सल्यान र पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्ला, मुगु, कालीकोट, जुम्ला, सल्यान रुकुमपश्चिमका कार्यालय प्रमुखहरुले कार्यालयले गरेको वार्षिक प्रगति विवरणको प्रस्तुति दिएका थिए।

यस्तै, बागवानी विकास केन्द्र जुफाल डोल्पा र दार्मा हुम्लाका कार्यालय प्रमुखले पनि आफ्नो कार्यालयमा भएको वार्षिक प्रगित विवरणको बारेमा समीक्षा गोेष्ठीमा प्रस्तुति राखेका थिए।

तपाईको प्रतिक्रिया