दैलेखमा पाैडी खेल्न गएकी दुई किशाेरीकाे मृत्यु

सुर्खेत । दैलेखमा पौडि खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु भएको छ । जिल्लाको महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा पौडी खेल्नेक्रममा उनीहरुको मृत्यु भएको हो ।



शुक्रबार छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक दिपेन्द्र मगरातीले जानकारी दिए । उनिहरू बाख्रा चराउन छामघाट खोला पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा महाबु गाउँपालिका-३ अमार्सेकी अन्दाजी १४ वर्षीय भावना बुढा र अन्दाजी १६ वर्षीय सपनाकुमारी बुढा छन् ।

तपाईको प्रतिक्रिया