१७ जना यात्रु सवार साैर्य एयरकाे जहाज दुर्घटना, १८ जनाकाे मृत्यु

काठमाडाैं । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनामा परेर १८ जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा सेफ्टी प्रमुख सागर आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, क्यूए प्रमुख दिलीप बर्मा, मर्मत म्यानेजर यज्ञराज पौडेल, को–पाइलट एस कटुवाल, अमितमान महर्जन, सुदीपलाल जोशी, सर्वेस मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, मनुराज शर्मा, सन्तोष महतो, पून्यरत्न शाही र विदेशी नागरिक एरिफ रेडाको मृत्यु भएको हो ।



विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

तपाईको प्रतिक्रिया