मनसुनी विपत्तिका एक हजार ५९२ घटना, ४ हजार विस्थापित

गृह मन्त्रालयले यस वर्षको मनसुन सुरु भएदेखि हालसम्म देशभर विभिन्न प्राकृतिक प्रकोपबाट एक हजार ५९२ घटना घटेको जनाएको छ।




आज प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदले उठाएका प्रश्नको जवाफ दिँदै २३१ घरमा क्षति र चार हजार चार परिवार विस्थापित भएको जानकारी दिए।

जसमध्ये एक हजार ६९ परिवारलाई सुरक्षित स्थानमा सारिएको र अरु सोही घरमा फर्किएको उनले बताए। ‘७७ वटै जिल्ला प्राकृतिक प्रकोपबाट प्रभावित भएको छ, ९९९ जनालाई उद्धार गरिएको छ, ४८ वटा पुल भत्किएका छन्’, उनले भने।

प्राप्त विवरण अनुसार उक्त घटनाबाट सोमवारसम्म १३१ जनाको मृत्यु भइसकेको छ भने १४४ जना घाइते भएका छन्। अझै ४८ जना बेपत्ता भएका जनाइएको छ।

तपाईको प्रतिक्रिया