सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

विद्यालय शिक्षा विधेयक संसदमा पेस भएको उल्लेख गर्दै उनले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताए ।


सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरूलाई विश्वविद्यालयको नेतृत्वमा पुर्याउन पनि सरकारलाई सचेत गराए । सांसद भण्डारीले विश्वविद्यालय अहिले नेतृत्वविहीनजस्तो अवस्थामा रहेको बताए ।

नेपाल कर्म । ८ श्रावण २०८१, मंगलवार १५:४७