नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संविधान संशोधन गर्दा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गरिनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्न ध्यानाकर्षण गराए ।


‘संविधान संसोधनको कुरा आइरहेको छ । बाँके र बर्दिया कर्णाली प्रदेशको अंग बन्नुपर्ने थियो । अहिले लुम्बिनी प्रदेशमा छौँ । सामाजिक, सांस्कृतिक आर्थिक र भूगोलको हिसाबले बाँके र बर्दिया कर्णालीको अंग बन्यो भने सो क्षेत्रको समृद्धिको लागि आयाम निर्माण हुन्छ । सभामुख मार्फत ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

नेपाल कर्म । ८ श्रावण २०८१, मंगलवार १५:२५