नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले ५ हजार घुस प्रकरणबारे संसदमा प्रश्न उठाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले पूर्वमन्त्री वीरेन्द्र महतोले राष्ट्रिय परीक्षा बोर्डमा छोराको समकक्षता लिँदा ५ हजार रुपैयाँ घुस दिएको भन्ने विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने आशा राखेको बताए ।


‘सभामुखबाट रुलिङ हुनेछ भन्ने आशा राखेको थियो, हुन सकेन । प्रधानमन्त्रीले जवाफ दिँदा पनि भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्नँ भन्नुभयो । ५ हजार रुपैयाँ घुसको कुरा के हो ? यो भ्रष्टाचार हो कि होइन ?,’ उनले भने, ‘मन्त्रीले घुस दिनुपर्ने अवस्था छ भने आमनागरिकको अवस्था के होला ?’
उनले सभामुखसँग यस विषयमा रुलिङ गर्न माग गरे ।

नेपाल कर्म । ८ श्रावण २०८१, मंगलवार १३:३७