सिमलतालको पहिरोमा परी त्रिशुलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुको भएको भनिएको एउटा शव उक्त दुर्घटनाको नभएको पुष्टि भएको छ ।

सशस्त्र प्रहरीका अनुसार ४ साउन दिउँसो करिब साढे ३ बजेतिर भेटिएको एउटा शव उक्त घटनाको नभएको पुष्टि भएको हो । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १ केउरिनी भन्ने स्थानमा नारायणी नदीको किनारमा एक महिलाको शव भेटिएको थियो । उक्त शव सिमलताल पहिरोमा परी त्रिशुलीमा बेपत्ता भएका यात्रुको शव रहेको आशंका गरिएको थियो ।


तर, उनको परिवारले उक्त शवको सनाखत गरेसँगै उक्त शव उक्त दुर्घटनाको नभएको खुलेको हो । उक्त शव पाल्पाको रामपुर नगरपालिका १ ठूलोबेसीकी ५२ वर्षीया मायादेवी विकको भएको पुष्टि भएको छ । कालिगण्डकी नदीबाट २ साउनमा बेपत्ता भएकी उनको शव मृतकका छोरा रामबहादुर विकले सनाखत गरेका हुन् ।
यससँगै उक्त दुर्घटनामा परी बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । त्यसमध्ये ५ जना पुरुषको शवको सनाखत हुन बाँकी छ ।

नेपाल कर्म । ८ श्रावण २०८१, मंगलवार १०:१४