अमेरिकाको राष्ट्रपतिमा दोस्रोपल्ट दाबेदारी पेस गरेका डोनाल्ड ट्रम्पले भारतको अर्थनीतिबारे असन्तुष्टि जनाएका छन् । भारतीय मिडियाले ट्रम्पले सुरुदेखि नै भारतलाई निशाना बनाउन थालेको बताएका छन् ।
सन् २०१६ मा पहिलोपल्ट राष्ट्रपति चुनिँदा पनि उनले भारतका कतिपय नीतिबारे आपत्ति जनाएका थिए ।
एकपल्ट फेरि उनी चुनावी मैदानमा छन् । र, भारतमाथि सिधा निशाना साँध्न थालेका छन् । जबकि, भारतमा केही हिन्दूवादी संगठन ट्रम्पलाई लिएर उत्साहित छन् । ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेदवार हुन् । अहिले उनी चुनाव प्रचारमा व्यस्त छन् ।
गत साता मात्रै मिसिगनको एक चुनावी र्यालीमा चीनको चर्चा गर्दा उनले भारतको आलोचना गरेका हुन् ।
ट्रम्पले भने, ‘यदि तपाईं चीनमा केही बनाउन चाहनुहुन्छ भने उसले यहीँ बनाएर चीन पठाउन भन्छ । फेरि ऊ तपाईंमाथि २ सय ५० प्रतिशत ट्यारिफ लगाउँछ । हामी यस्तो चाहँदैनौँ । फेरि तपाईंलाई निमन्त्रणा आउँछ, आउनोस् प्लान्ट लगाउनोस् । फेरि यी कम्पनी त्यहाँ जान्छन् ।’
यसपछि ट्रम्पले भारतबारे बोले । उनले भने, ‘हार्ले डेभिडसनलाई भारतले पनि यस्तै गर्यो । २०० प्रतिशत ट्यारिफ लगाएकाले हार्ले डेभिडसनले आफ्नो बाँकी त्यहाँ बेच्न पाएन ।
उनले भने, ‘हार्ले डेभिडसनका प्रमुखले मसँग व्हाइटहाउसमा भेटेका थिए । म निकै निराश भएको थिएँ ।’
हार्ले डेभिडसन संसारको प्रतिष्ठित कम्पनी हो । यस कम्पनीको बाइक पचासौँ लाखौं रुपैयाँको हुन्छ । सुपरबाइक भनिने हार्ले डेभिडसन सोखिनका लागि निकै लोकप्रिय छ ।
नेपाल कर्म । ७ श्रावण २०८१, सोमबार १६:१७