सुर्खेत । लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–११ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक नजिक कोठाभाडामा बस्ने २२ बर्षीय सेराज कवाडिया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्रवी विश्वकर्माका अनुसार कवाडियालाई सोमबार लागुऔषधको कारोबार भईरहेको छ,भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले उनको कोठाबाट नापतौल नभएको ब्राउन सुगर जस्तो धुलो पदार्थ २ पुडिया र लागुऔषध नाप तौल गर्ने डिजिटल मेसिन १ थान सहित पक्राउ गरेको हो ।

नेपाल कर्म । ७ श्रावण २०८१, सोमबार १६:१३