प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिइरहेका छन् । जवाफ दिने क्रममा मात्र होइन सोध्ने बेला पनि लेखेर सोधिएको भन्दा बाहिरबाट प्रश्न आएका छन् ।

विषयान्तरको सुरुवात प्रधानमन्त्री ओलीले नै गरेका थिए । दोस्रो नम्बरमा प्रश्न सोध्न आएका राप्रपा सांसद दीपकबहादुर सिंह पनि प्रश्नबाहिर गएर बोल्न थाले । उनी उपसभामुख इन्दिरा रानामगरले भिसाका लागि अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा पुगेका थिए । बोल्दै गरेका सिंहलाई रोकी सभामुख देवराज घिमिरलेले सोधे ‘माननीय सदस्य लेखेर दिएको प्रश्न सकियो ? बाँकी छ ?’ जवाफमा सांसद सिंहले जवाफ दिए ‘अलिकति बाँकी छ ।’


उनले भुटानी शरणार्थीसम्बन्धी कुरा राख्न खोजेको भन्दै प्रश्न सके । उनले लिपुलेक, लिम्पियाधुरासँग सम्बन्धित प्रश्न राखेका थिए ।

नेपाल कर्म । ७ श्रावण २०८१, सोमबार १४:५७