दक्षिणकालीमा २० दिनदेखि अवरुद्ध सडक नखुलेपछि सांसद केसीले जनाए आपत्ति

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले काठमाडौं उपत्यकाको ग्रामीण भेगमा पहिरोले खाद्यान्न बाली तहसनहस भएको बताएका छन् ।



प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले दक्षिणकालीमा पावर हाउस जाने बाटो २० दिनदेखि अवरुद्ध रहेको बताए । बाटो खुलाइदिन सरकारी निकायमा भने पनि सुनुवाइ नभएको केसीले बताए ।

उनले डोजर लगाएर बाटो खुलाइदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया