एमाले सांसदले पुष्पलालको सट्टा पुष्पकमल दाहाल भनेपछि

सोमबारको प्रतिनिधिसभामा बैठकको आकस्मिक समयमा एमाले सांसद किरण साह बोल्दै जाँदा एक ठाउँमा झुक्किए । उनले कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवश भन्दै गर्दा झुक्किएर पुष्पकमल दाहालको नाम लिए ।



पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष हुन् । यसरी साह झुक्किएपछि माओवादीले भने नियमापत्ति जनाएको छ । माओवादी केन्द्रका मुखय सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै सांसद शाहको भनाइ संसदको रेकर्डबाट हटाउन माग गरे ।

‘पुष्पकमल दाहाल भन्नुभयो माननीय बोल्दा के बोल्नुहोला रेकर्डबाट हटाइयोस्,’ पाण्डेले भने । उनको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले बोलेको बारेमा प्रष्ट पार्न शाहलाई भने । साहले गल्ती भएकोमा माफी मागे र बैठक अघि बढ्यो ।

तपाईको प्रतिक्रिया