महिलालाई अगाडि नबढाएसम्म देश बन्दैन: शशांक कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले महिलालाई अगाडि नसारेसम्म देशको विकास हुन नसक्ने बताएका छन् ।



सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले महिलालाई आदर र सम्मानका साथ अघि बढाए मात्रै देशले गति लिने बताएका हुन् । उनले महिलाले हरेक घर, समाज र देशलाई नै नेतृत्व गरी विकास गर्न सक्ने जिकिर गरे । कोइरालाले महिलाहरूकै अग्रणी भूमिकाका कारण आफूले चारपटक निर्वाचन जितेको बताए ।

‘महिलाहरूलाई जबसम्म हामी आदर गर्दैनौँ, तबसम्म हाम्रो विकास हुन सक्दैन । समाजको साँचो महिलासँग हुन्छ । मैले चारपटक आफ्नो क्षेत्रबाट जितेँ । म महिला नै अगाडि भएर जितेको छु । महिला नभई कुनै पनि घरको ढोका खुल्दैन,’ उनले भने ।

कोइरालाले वीपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताए ।

तपाईको प्रतिक्रिया