आज साउनको पहिलो सोमबार हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने प्रचलन छ । साउनको पहिलो सोमबारमा हजारौं भक्तजनले शिवामन्दिरमा गई पूजा आराधना गरिरहेका छन् ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।


यस पटकको साउन महिनामा चार वटा सोमवार परेको छ ।

नेपाल कर्म । ७ श्रावण २०८१, सोमबार १२:१५