परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेका जानकारी दिएकी छिन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले त्यहाँस्थित नेपाली विद्यार्थीको व्यवस्थापन दूतावासले गरिरहेको जानकारी दिएका हुन्। उनले मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको बताएकी छिन्।
‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ’, उनले भनिन्, ‘बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन्।’


त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्किन चाहनेहरूका लागि यात्रामा सहजीकरण गर्न निर्देशन दिएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको उनले बताएकी छिन्।

नेपाल कर्म । ७ श्रावण २०८१, सोमबार ११:३०