बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई घुससहित पक्राउ गरेको छ ।



अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार लेखा अधिकृत कोइरालालाई १ लाख ५० हजार नगद र चार लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिइएको हो ।

औषधि आपूर्तिको भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । कोइरालाले नगद र चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

कोइरालालाई सेवाग्राहीबाट नगद रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) र रु.४,५०,०००।– (चार लाख पचास हजार रुपैयाँ) को चेकसहित घुसररिसवत लिइसकेको अवस्थामा जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. ४, कटहर चोकबाट मिति २०८१/०४/०६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ, अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया