पूर्वराज्यमन्त्री रामचन्द्र रायको आफ्नै घरमा हत्या

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्वभूमिसुधार राज्यमन्त्री रायको सर्लाहीको चन्द्रपुर गाउँपालिकास्थित आफ्नै घरमा हत्या भएको हो ।



रायको हत्या भएको सूचना पाएपछि प्रहरी उनको घरमा पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत अवस्थामा फेला पारेको थियो ।

प्रहरीका अनुसार धारिलो हतियार प्रहार गरी रायको हत्या भएको हो । उनको टाउकोमा धारिलो हतियारको चोट रहेको प्रहरीले जानकारी दिएको छ ।

पूर्वराज्यमन्त्रीको हत्याको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । त्यसका लागि तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया