जनमत पार्टीका सांसद अब्दुल खानले दलित र मुस्लिम समुदायलाई मन्त्रिपरिषद्मा समावेश नगराएकोप्रति आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उनले यस्तो बताएका हुन् ।

उनले ४० लाखभन्दा बढी दलित र १५ लाखभन्दा बढी मुस्लिम समुदायको जनसंख्या भए पनि उनीहरूको उपस्थिति मन्त्रिपरिषद्मा हुन नसकेको बताए । उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्रतिपक्ष बलियो हुनु आवश्यक रहेको बताए ।


उनले सडक शान्त हुँदा संसद निरंकुश बन्ने बताए । उनले प्रतिपक्षको आवाज बलियो र मुलुकको हित र समृद्धि एवं अग्रगमन परवर्तनको लागि हुनुपर्ने बताए ।

नेपाल कर्म । ६ श्रावण २०८१, आईतवार १६:५७