प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगलाई कारबाही गरेरै छाड्ने बताएका छन्।

आज प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत माग्दै कसैले भ्रष्टाचार नगर्ने र गर्नेलाई पनि नछाड्ने बताएका हुन्।
उनले भने, ‘हामी कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ, सहकारी ठगलाई पनि कारबाही गर्छौँ।’


उनले देशप्रति आमजनताको भरोसा टुटेको भन्दै त्यो गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साह सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको पनि बताए।

नेपाल कर्म । ६ श्रावण २०८१, आईतवार १४:४६