उपसभामुखको नामबाट मिडिया ट्रायल भइरहेको छः सुमना श्रेष्ठ

रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुखको नामबाट मिडिया ट्रायल भइरहेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा उनले भनिन्, ‘उपसभामुखको नामबाट मिडिया ट्रायल भइरहेको छ यसलाई रोकौँ ।’



एक जनालाई भिसा चाहियो भनेर सडकमा जाने माननीय यही संसदमा रहेको उनले बताइन् । ‘मानव तस्करी गर्‍यो भनेर डिक्लियर गर्नुस्, भुटानी शरणार्थी कसले गर्‍यो डिक्लियर गरौँ,’ उनले भनिन् ।

संवैधानिक परिषद्‌मा उपसभामुखको प्रतिनिधित्व हुन्छ । सोही कारण संवैधानिक परिषद्‌मा बहुमत जुटाउन यस्तो प्रचार गरिएको उनको दाबी छ । ‘संवैधानिक परिषद्‌मा प्रतिनिधित्व छैन भने माग्नुस् हो माग्नुस्, दिऊँला,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया