वर्तमान सरकार देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान बनेको होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार बनेको बताएका छन् ।



आइतबार प्रतिनिधिसभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

देशप्रति आम जनताको भरोसा टुटेको डरलाग्दो अवस्था मुलुकमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा व्याप्त निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको बताए ।

उनले सरकारले सो काम गर्नेमा ढुक्क हुन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था दयनीय रहेको पनि उल्लेख गरे‍ ।

तपाईको प्रतिक्रिया