ओलीको विपक्षमा मत दिन रास्वपाको ह्वीप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । आइतबार पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसदहरूलाई एक पत्र लेख्दै ओलीको विपक्षमा मत दिन ह्वीप जारी गरेका हुन् ।



२१ सांसद रहेको रास्वपा दुईपटक सरकारमा रहँदा एमालेसँगै थियो भने अहिले कांग्रेस–एमालेको सरकार बनेपछि विपक्षमा पुगेको हो । ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आज प्रतिनिसिभामा विश्वासको मत लिँदै छन् ।

तपाईको प्रतिक्रिया