स्व. देवदर्शनको सम्झनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुर्खेत । स्वर्गीय देवदर्शन सिंहको सम्झनामा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। जाजरकोटको जुनिचाँदे गाउँपालिका–६ मा रहेको भानुभक्त हिमालय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको हो।



२०८० बैशाख ३० गतेदेखि जेठ ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगर कालिञ्चोकमा भएको अन्तर विद्यालय क्रिक्रेट प्रतियोगितामा उषा बालवाटिका विद्यालयले उत्कृष्ट भएको थियो।

उक्त क्रिक्रेट प्रतियोगिताबाट विजेता स्वरूप प्राप्त नगद पुरस्कार २५ हजार र विद्यालयको तर्फबाट थप २५ हजार गरि जम्मा ५० हजार बराबर रकमको सामाग्री वितरण गरिएको उषा बालवाटिकाका प्रधानाध्यापक सुशील भुसालले जानकारी दिए।

भुसालका अनुसार स्व. देवदर्शन सिंहको वार्षिक पुण्यतीथिको अवसर पारेर उनकै सम्झनामा देवदर्शनले अक्षर आरम्भ गरेको विद्यालय भानुभक्तलाई सहयोग गरिएको हो।

सामग्री वितरण गर्ने कार्यक्रममा अभिभावक, विद्यालयका कर्मचारी बुद्धिजिवी, जनप्रतिनीधि लगायतको उपस्थिति रहेको थियो।

यस्तै, स्व.देवदर्शन सिंह गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को बोर्ड परीक्षामा उषा बालवाटिका विद्यालयबाट विज्ञान संकायमा कर्णाली प्रदेशमै प्रथम नतिजा ल्याउन सफल भएका थिए। तर, नतिजा आउनु पूर्व उनको जाजरकोट जाने क्रममा जिप दुर्घटनामा परि ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया