नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले घुस नखाने मान्छे भए मात्र राम्रो सरकार बन्ने बताएका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबारेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले घुस खाने मान्छे नभएको पार्टीले सरकार चलाउँदा मात्रै राम्रो काम गर्न सक्ने बताए।

‘राजाले घुस खान परम्पराबाट सिके, अन्तबाट पनि सिके होलान्। कांग्रेसले राजबाट संस्थागत रुपमा सिक्यो भन्ने लाग्छ मलाई । हामी एमाले भएर संगत बढ्दै जाँदा कांग्रेससँग सिक्यौं। हामी दुइटै (कांग्रेस एमाले) मिलेर माओवादीलाई घुस खान सिकाएका हो भन्ने लाग्छ। किनभने हामीले आफूजस्तै बनायौं।’ उनले भने।

दलहरूले नसिक्नुपर्ने कुरा एक अर्काबाट यसरी सिकेका कारण मुलुकले दुस्ख पाएको उनको भनाइ छ।
दलहरूले जे भने पनि राज्य दोहन गरेका कारण समस्या बढ्दै गएको उनले बताए। ‘अहिले पनि २०(३० लाख मानिस राज्य दोहन गरेरै बाँचेका छन् जस्तो लाग्छ।’ उनले थपे।

नेपाल कर्म । ५ श्रावण २०८१, शनिबार १४:५०