सुर्खेत । वीरेन्द्रनगर–३ बाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम पंन्चदेवल विनायक नगरपालिका–९ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ३१ बर्षीय निराजन कुमार शाह रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार शाहलाई शुक्रबार लागुऔषधको कारोबार भईरहेको छ, भन्ने गोप्य सुचनाका आधारमा पक्राउ गरिएको हो ।


कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विषेश टोली र आगुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतको संयूक्त टोलीले शंकास्पद अवस्थामा फेलापारी उनको घर कोठा तथा शरीर खानतलासी गर्दा शुद्ध ७ सय ९० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो धुलो पदार्थ फेला पारेको थियो ।
साथै उनलाई पक्राउ गरेसँगै जिल्ला अदालत सुर्खेतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । ५ श्रावण २०८१, शनिबार १४:४१