मोराटा एसी मिलानमा अनुबन्ध

स्पेनका कप्तान अल्भारो मोराटा इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका छन् ।



एसी मिलानले मोराटालाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट अनुबन्ध गरेको हो । मोराटाले एसी मिलानसँग चार वर्षको सम्झौता गरेका छन् । ३१ वर्षीय कप्तानले स्पेनलाई युरो २०२४ को उपाधि जिताएका थिए ।

रियल मड्रिडबाट व्यावसायिक फुटबलमा डेब्यु गरेका मोराटाले युभेन्ट्स र चेल्सीबाट पनि खेलिसकेका छन् । रियल मड्रिडबाट मोराटाले दुई पटक च्याम्पियन्स लिग र युभेन्ट्सबाट दुईपटक इटालियन सिरी ए को उपाधि जितेका छन् ।

चेल्सीबाट एफए कप जितेका मोराटाले स्पेनका लागि ८० खेलमा ३६ गोल गरेका छन् ।

तपाईको प्रतिक्रिया