कांग्रेसले बोलायो संसदीय दलको बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।



आइतबार मध्याह्न १२ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्नेछ ।

प्रधानमन्त्री ओलीले ६ साउन आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

तपाईको प्रतिक्रिया