ईश्वर पोखरेलको खुलासा– निर्वाचनमा माओवादीको साथ नलिने

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आउँदो निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई साथमा नलिने सर्तमा नयाँ गठबन्धन बनेको खुलासा गरेका छन् ।



प्रवासी मञ्च कतारको सातौँ अधिवेशनलाई दोहामा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आउँदो निर्वाचनमा माओवादीको साथ नलिने सर्तमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताएका हुन् ।

पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै बेइमानीका कारण नयाँ गठबन्धन बनेको पनि बताए । सरकार प्रचण्डैकै कारण फेरिएको हो, उनले भने, कहिले यता, कहिले उता गर्ने प्रचण्डको अस्थिरता नै सरकार परिवर्तनको कारक हो ।

उनले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले मिलेको पनि बताए । प्रचण्ड प्रधानमन्त्री बन्दा मुलुकको राजनीतिक अवस्था अस्थिर बन्यो । हुँदाहुँदै २० सिटे प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूको सरकार बनाएका हौँ,उनले भने ।

तपाईको प्रतिक्रिया