अमेरिकी राजदूतले भेटे परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।



सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपालअमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो।

भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ सरकार गठनसँगै मन्त्रीलाई भेटेर बधाई दिनका लागि विभिन्न देशका राजदूतहरू सक्रिय भएका छन्।

तपाईको प्रतिक्रिया