ग्रिनउड फ्रेन्च क्लब मार्सिलेमा अनुबन्ध

म्यानचेस्टर युनाइटेडका फरवार्ड मेसन ग्रिनउड फ्रेन्च क्लब मार्सिलेमा अनुबन्ध भएका छन् ।



इंग्ल्यान्डको राष्ट्रिय टिमबाट खेलिसकेका २२ वर्षीय ग्रिनउडलाई मार्सिले एफसीले क्लबमा अनुबन्ध गरेको हो । म्यानचेस्टर युनाइटेडबाट गत सिजन लोनमा स्पेनिस क्लब गेटाफेबाट खेलेका ग्रिनउडलाई मार्सिलेले २ करोढ ६६ लाख पाउन्डमा क्लबमा भित्र्याएको हो ।

मार्सिले र ग्रिनउडबीच पाँच वर्षको सम्झौता भएको छ । योसँगै ग्रिनउड सन् २०३० सम्म मार्सिलेमा रहनेछन् । यसअघि सन् २०२२ को जनवरीमा बलात्कार प्रयासको आरोप लागेपछि ग्रिनउडलाई म्यानचेस्टर युनाइटेडले निलम्बन गरेको थियो ।

ग्रिनउडले गत सिजन भने लोनमा गेटाफेबाट खेलेका थिए । ग्रिनउडले गेटाफेका लागि ३३ खेलमा ८ गोल गरेका थिए ।

सन् २०१८ मा म्यानचेस्टर युनाइटेडको सिनियर टिममा डेब्यू गरेका ग्रिनउडले ८८ खेलमा २२ गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया