पृथ्वी राजमार्गअन्तर्गत धादिङको ज्वाङखोला नजिकबाट एक जना व्यक्ति त्रिशूली नदीमा बेपत्ता भएका छन् । ट्रकका सहचालक रहेका ती व्यक्ति त्रिशूलीमा हाम फालेर बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार घटना आज बिहान करिब ८ बजेतिरको हो । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर योञ्जन त्रिशूलीमा हाम फालेका हुन् । उनी ना ६ ख ४९४७ नम्बरको ट्रकका सहचालक रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार त्रिशूलीमा बेपत्ता भएका योञ्जनको खोजी भइरहेको छ । साथै उक्त ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।


नेपाल कर्म । ४ श्रावण २०८१, शुक्रबार १३:४६